Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आजको संसदमा गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेले बोल्न पाउनु पर्ने बताएका छन् । सिंहदरबारमा सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परियारले यस्तो धारणा राखेका हुन् ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम सकिएपछि हुने दोस्रो बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना धारणा राख्न पाउनु पर्ने परियारले अडान राखेका हुन् ।

‘गएको बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनु भएको थियो । बोल्न पाउनु भएको छैन, आजको बैठकमा त्यसको निरन्तरतास्वरूप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनु पर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।

आजै बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र धन्यवाद प्रस्ताव टेबल गर्ने प्रयोजनका लागि बोलाइएको बैठक पुनः अवरुद्ध गर्ने निर्णय गरेको थियो । रास्वपा प्रमुख सचेतक परियारले दोस्रो बैठकमा लामिछानेले बोल्न पाउनुपर्ने धारणा राखेका हुन् ।

तपाईको प्रतिक्रिया