Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अबरुद्ध गरेको छ ।छानबिन समिति माग गर्दै कांग्रेसले संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का बैठक अबरुद्ध गरेको हो । मंगलवार साँझ बसेको प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बैठक शुरू भएको घोषणा गर्ना साथ कांग्रेस सांसद बेल घेर्न गएका थिए । कांग्रेस सांसदले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए ।

मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको सरकारका नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने कार्यसूची थियो । कांग्रेसको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभा बैठक जेठ ३ गतेसम्मका लागि स्थगित गरेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने बताए । ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौं । संसदीय छानबिन समिति नबन्दासम्म अब कुनै सरकारी प्रस्तावमा हामी प्रवेश गर्न दिँदैनौं,’ लेखकले भने, ‘संसद् अवरोध गर्छौं । सरकारी कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं ।’

कांग्रेस नेताहरूसँग सोमवार र मंगलवार भएको छलफलमा प्रचण्डले व्यक्ति नतोकी संसदीय छानबिन समिति गठन गर्ने बताएका थिए । तर, सत्ता गठबन्धनमा सहमति नभएपछि संसदीय छानबिन समिति गठन हुन सकेको छैन । सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागसहित कांग्रेसले बजेट अधिवेशनको शुरूकै दिन वैशाख २८ गते संसद् अवरोध गरेको थियो । प्रधानमन्त्रीको आग्रह राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम पेश गर्न दिएको थियो ।लामिछानेमाथि छानबिनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा पनि विरोध गरेको थियो ।

 

तपाईको प्रतिक्रिया