Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुइटा एजेन्डालाई संसदमा उठान गर्ने भएको छ। पहिलो, सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय हो। अघिल्लो अधिवेशनदेखि नै कांग्रेसले यस विषयमा कुरा उठाउँदै आएको छ तर पनि सत्ता पक्ष संसदीय छानबिन समिति गठनमा तयार देखिएको छैन।

कांग्रेसले मंगलबार सिंहदरबारमा गरेको संसदीय दल बैठकमा अर्को एजेन्डाले पनि प्रवेश पाएको छ। त्यो गिरीबन्धु टी-स्टेटसम्बन्धी हो। संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दल बैठकमा गिरीबन्धु टी-स्टेटबारे कुरा उठेको र छलफल भएको जानकारी दिए। ‘गिरीबन्धु टी-स्टेटसम्बन्धी कुरा संसदीय दल बैठकमा प्रवेश गरेको छ। यो विषयलाई सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाएर थप कुरा सार्वजनिक गर्छौं,’ लेखकले भने, ‘आज संसदीय दलमा यो विषय पनि प्रवेश गरेको छ। अर्को बैठकमा थप छलफल हुन्छ।’

संसदीय दल बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टी-स्टेटबारे पनि संसदमा कुरा उठाउनुपर्ने भएकोले सबै सांसदहरूलाई यसबारे सर्वोच्चका फैसला अध्ययन गर्न आग्रह गरेका थिए। केपी ओली सरकारले तीन वर्षअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी-स्टेटको अर्बौं पर्ने जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले तीन महिना अघि बदर गरिदिएको थियो। त्यो फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको थियो।

 

तपाईको प्रतिक्रिया