Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै उनले उपेन्द्रलाई ‘काम छँदाको भाँडो, काम सकिएपछिको ठाँडो’ बनाइएको बताए ।

‘तपाईँलाई उपेन्द्रले आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने लाग्ला । होइन । निकालियो। मुन्ट्याउने काम मात्रै भएन’, उनले भने, ‘यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो । हिजो काम छँदाको भाँडो, काम सकिएपछि ठाँडो भनेजस्तै उपेन्द्र यादवको अवस्था देखिरहेका छौँ ।’

अध्यक्ष नेपालले जसपा नेपाल समाजवादी मोर्चाको एउटा महत्त्वपूर्ण घटक रहेको, केपी ओलीको प्रतिगमनका विरुद्ध जुध्ने सिलसिलामा आफूहरूसँगै बढेको र गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको पार्टीलाई विभाजन गरिएको भन्दै असन्तुष्टि जनाए ।

आफू नेतृत्वको पार्टी जसपा नेपाल विभाजन भएपछि उपप्रधान तथा स्वास्थ्य मन्त्री र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले मंगलबार राजीनामा दिएका छन् । मंगलबार नै जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया