बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ – एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न प्यालेस्टाइन गएको नेपाली टोली स्वदेश फर्किएको छ। टोली मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। प्यालेस्टाइनमा भएका दुवै खेल जितेर नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ।

नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई समान ६–० ले पराजित गरेको थियो। दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन्।

 

तपाईको प्रतिक्रिया