बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा तथा उनका श्रीमान् निक जोनसको उमेरमा १० वर्षको अन्तर भएता पनि दुवैको सम्बन्ध अत्यन्त बलियो र गहिरो छ । यी दुई सन् २०१८ मा विवाह बन्धनमा बाँधिएका हुन् ।

यी दुबैलाई पहिलो पटक मेट गाला इभेन्टमा संगै देखिएको थियो । प्रियंका र निक सन् २०२२ मा सरोगेसीमार्फत एउटी छोरी मालतीका अभिभावक बनेका छन् । प्रियंका चोपडा आफ्नो नीजि जीवनका बारेमा खुलेर कुरा गर्न मन पराउँछिन् । एउटा अन्तर्वार्ताका क्रममा उनले आफ्ना श्रीमान् निकको बारेमा धेरै कुरा बताएकी छिन् ।

बेडरुममा निकका केहि व्यवहारका कारण आफू चिन्तित भएको कुरा प्रियंकाले बताएकी छिन् । प्रियंकाका अनुसार निक बिहान उठ्नासाथ प्रियंकाको अनुहार हेर्न मन पराउँछन् । उनी लामो समयसम्म प्रियंकालाई हेरिरहन्छन् । आफूले निकलाई धेरै पटक पहिला मलाई तयार हुन दिनुभन्दा आफ्नो कुरा पटक्कै नमान्ने र तिमिलाई हेरिरहन देउ भन्ने जवाफ दिने गरेको प्रियंकाले अन्तर्वार्ताको क्रममा बताएकी छिन् ।

हरेक श्रीमती आफ्नो श्रीमानले यस्तै केहि गरोस् भन्ने चाहन्छिन्, तर कहिलेकाहिँ यी सबै कुरा अनौठो भैदिन्छ । निकको यस्तो व्यवहारले उनीप्रति माया उत्पन्न भएता पनि माया संगसंगै रिस पनि उठ्ने प्रियंका बताउँछिन् । प्रियंका र निक एक-अर्कासंग एक हप्ताभन्दा धेरै टाढा रहन सक्दैनन् । यहि कारणले दुबैले संसारको जुन कुनामा भएता पनि हरेक हप्ता भेट्नु पर्ने नियम बनाएका छन् ।

तपाईको प्रतिक्रिया