Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु एकताबद्ध भएर जानुपर्ने बताएका छन् । आइतबार माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले शान्ति प्रक्रियाका विषयलाई अदालतमा लगिएको भन्दै माओवादी घटकहरू एकठाउँमा उभिनुपर्ने बताएका छन् ।

उनले देशमा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध भएर भर्भराउँदै उठ्यौँ भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्र खरानी हुने चेतावनी दिएका छन् । ‘हामी एकताबद्ध भएर जानुपर्छ । नेपाललाई अझै रूपान्तरण गरेर पुनसंरचनातर्फ लैजाने सोच्नुपर्छ  । त्यो भए मात्रै हामी सफल हुनसक्छौं । हामी निराश हुनुपर्ने जरुरी छैन आगोको भुंग्रोमा अहिले दलालहरूले मट्टीतेल छर्किएको जस्तो छ । माओवादी भर्भराउँदै उठ्यो भने यो देशमा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध भएर भर्भराउँदै उठ्यौँ भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्रहरु खरानी हुन्छ,’ उनले भने ।

महासचिव विप्लवले अहिलेको व्यवस्था उल्टाएर नेपाललाई ०४७ सालमा फर्काउन खोजिएकाले आफूहरू चुप लागेर नबस्ने बताएका छन् । ‘हामी सडकमा सुन्छौँ यो परिवर्तनलाई पनि फर्काएर ०४७ सालमा लान खोजिँदै छ । त्यो कदापि स्वीकार हुन सक्दैन । त्यो समाधान पनि होइन । यो समाधान भनेको संसदीय व्यवस्था, दलाल व्यवस्था पूँजीवादी व्यवस्थाले पनि थेग्न नसकेको नेपाली जनताको अपेक्षा चाहनालाई थेग्न नसकेको परिस्थिति हो । यसलाई अग्रमागामी परिवर्तन गरेर वैज्ञानिक समाजवादतिर लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया