Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको नेपाल वायु सेवा निगमको जहाजमा रहेकी एक महिला यात्रु जहाज उड्नुअघि रुवावासी गर्दै ओर्लिने भनेपछि सबै यात्रुलाई ओरालेर एक घण्टा ढिलो गरी जहाज उडाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आरए २२५ उडानमा रहेकी ती यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा डिले गरिएको थियो । त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार महिला रुन थालेपछि जहाजमा शंकास्पद वस्तु रहेको आशंकामा सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो ।

ती महिलालाई भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन् । निगमले जहाजभित्र सबै जाँच गरेर एक घण्टापछि थप यात्रुलाई यात्रा गराएको हो । महिलाको यात्रा भने रद्द गराइएको टिडीओ कार्यालयले जनाएको छ ।

उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज जाँच गरेपछि मात्रै जहाज उडाइने टीडीओ कार्यालयले जनाएको छ । –कान्तिपुरबाट

तपाईको प्रतिक्रिया