Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ – चर्चित गायिका समीक्षा अधिकारी अस्ट्रेलिया उडेकी छिन् । उनी गत मंगलवार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेकी हुन् ।दिदी शर्मिला खत्रीसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई बिदाई गर्दै गरेका केही भिडियोहरू यतिबेला टिकटकमा चर्चामा छन् । विभिन्न टिकटक अकाउन्टहरुबाट सार्वजनिक उनलाई बिदाई गरिएका भिडियोहरूको क्याप्सनमा अस्ट्रेलिया बसाई सुखमय रहोस् भनिएको छ ।

उनलाई खादासहित बिदाई गरिएको भिडियो एवं तस्वीरहरूलाई लिएर शुभचिन्तक एवं फ्यानहरुले विभिन्न अड्कल काटिरहेका छन् । कतिले उनी अब उतै बस्ने गरी गएको अड्कल गरेका छन् भने कतिपयले कार्यक्रमका लागि गएको हुनसक्ने अड्कल गरेका छन् । गायिका समीक्षाले भने यस प्रसंगमा केही जानकारी दिएकी छैनन् ।

उनी निकटस्थहरुका अनुसार समीक्षा कार्यक्रमहरूमा सहभागी हुन अस्ट्रेलिया उडेकी हुन् । उनी अब झन्डै दुई–तीन महिना उतै रहने बताइएको छ । उनकी दिदी शर्मीला भने आएल्स गरेर अस्ट्रेलिया उडेको बताइन्छ । समीक्षा नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् ।

उनले गाएका ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’, ‘माया मारेर’, ‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिस्यो’, ‘धनगढीको बसमा’ लगायतका थुप्रै गीत हिट छन् । उनले गाएका केही गीतहरू सार्वजनिक हुने तयारीमा समेत छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया