Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई राहदानी प्रकरणमा पक्राउ गरि छानविन गर्न बाटो खुलेको छ । सर्वोच्चको आदेशबाट प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका तत्कालीन उपप्रधान एवं गृहमन्त्री लामिछाने अहिले चितवनमा चुनावी अभियानमा जुटिसकेका छन् । तर, लामिछानेलाई प्रहरीले राहदानी दुरुपयोगमा अदालतबाट तत्कालै पक्राउ पूर्जी जारी गरेर पक्राउ गरि अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको संविधानविद्हरुको भनाई छ ।

लमिछानेले अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी लिएर विदेश भ्रमणसमेत गरिसकेका छन् । लामिछानेले १० फागुन, २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट शुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए ।अमेरिका पुगेको उनले २१ फेब्रुअरी, २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे । करिब तीन वर्षपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १६ दिनपछि १३ जेठमा नेपाली पासपोर्ट लिएका थिए ।

कायम नभएको नेपाली नागरिकता देखाएर नेपाली राहदानी लिएर विदेश भ्रमण गरिसकेका लामिछाने उपर प्रहरीले राहदानी दुरुपयोग ऐनमा मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने बाटो खुलेको प्रहरीले जनाएको छ । राहदानी ऐनमा भएको व्यवस्थाअनुसार, त्यसको दुरुपयोग सम्बन्धी उजुरीमा सरकारी निकायले अनुसन्धान गर्न पाउँछ । अनुसन्धान अधिकारीले आवश्यक देखेमा तत्काल आरोपितलाई पक्राउ गर्न पाउने सुविधा समेत ऐनले दिएको छ । राहदानी ऐनमा भएको व्यवस्थाअनुसार, त्यसको दुरुपयोग सम्बन्धी उजुरीमा सरकारी निकायले अनुसन्धान गर्न पाउँछ । अनुसन्धान अधिकारीले आवश्यक देखेमा तत्काल आरोपितलाई पक्राउ गर्न पाउने सुविधा समेत ऐनले दिएको छ ।

गृह सचिव विनोदप्रकाश सिंहले लामिछानेको राहदानी मुद्दामा पहिल्यै प्रहरीले अनुसन्धान गरेकाले यसमा थप व्याख्या गरिरहनु नपर्ने बताए । उनले भने, ‘पूर्ण पाठमै स्पष्ट राहदानीका विषयमा अनुसन्धान गर्न बाटो खुल्ने हिसाबको मनसाय देखिएको र मन्त्रालयले पहिल्यै प्रहरीलाई यससम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिइसकेकाले कानुनमा भएका कुरालाई कसैले रोक्न मिल्दैन, प्रक्रिया अनुसार अगाडि बढ्छ ।’

तपाईको प्रतिक्रिया