काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान विरुद्ध लखनउमा एउटा उजुरी दर्ता गरिएको छ । मुम्बईमा बसोवास गर्ने एक व्यक्तिले तुलसियानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड लखनउमा एउटा फ्ल्याट किनेको थिए । उक्त फ्ल्याट करोडौँ मूल्यको भएको तथा ती व्यक्तिले अहिलेसम्म कम्पनीलाई ८६ लाँख रुपैया बुझाइसकेको बताएका छन् । तर पनि उनले उक्त फ्याट पाउन सकेका छैनन् भन्ने दावी जसवन्त शाहको रहेको छ ।
त्यति मात्र नभएर ती व्यक्तिले तुलसियानी कन्स्ट्रक्शन एण्ड डेभलपर्स लिमिटेडका सीएमडी अनिल कुमार तुलसियानी तथा डायरेक्टर महेश तुलसियानीविरुद्ध पनि एफआईआर दर्ता गरेका छन् । ती व्यक्तिले ब्राण्ड एम्बेस्डर गौरी खानको प्रचार–प्रसारबाट प्रभावित भएर उक्त फ्ल्याट किन्ने निर्णय गरेका थिए ।
तर गौरी खानलाई यो कुराको बारेमा जानकारी छैन । अहिलेसम्म पनि गौरी र शाहरुख खानको तर्फबाट यस बारेमा कुनै पनि प्रतिक्रिया आएको छैन । उनी कम्पनीको ब्राण्ड एम्बेसडर हुन् । त्यसैले उनको नाम पनि उक्त उजुरीमा मुछिएको हो ।
गौरी खान आर्किटेक्ट डिजाइनरको रुपमा पनि परिचित छिन् । गौरीले गौरी खान डिजाइन्स ब्राण्ड सञ्चालन गर्छिन् । जस अन्तर्गत उनी मानिसको घर रिनोभेट गर्नुको साथै आफैँ डिजाइन पनि गर्छिन् । ती घरमा आफ्नो ब्राण्डको फर्निचर उपलब्ध गराउछिन् । गौरीले भर्खरै मात्र नयाँ मर्सिडिज बेञ्ज कार पनि किनेकी छिन्, जसको मूल्य लाखौँ भारु रहेको छ ।