काठमाडौँ – नेपाली कांग्रेसहित नयाँ आठ दलिय गठबन्धनले सांसदहरुलाई प्रशिक्षण दिने भएका छन् । नयाँ गठबन्धनले आज राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुलाई प्रशिक्षण दिन लागेका हुन् ।
दिउँसो १ बजेदेखि सुरु हुने प्रशिषण कार्यक्रममा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चाका शीर्षृ नेता र सांसदहरु सहभागी हुने जनाइएको छ ।
प्रशिक्षण रोयल बैंक्वेटमा कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठ दलले सातै प्रदेश सभा सदस्यहरुसँग अन्तक्रिर्यासमेत गर्ने भएको छ । त्यसका लागि कांग्रेसले प्रदेश पदाधिकारीहरुलाई सम्बन्धित प्रदेशमा नेतृत्व गर्ने जिम्मेवारीसमेत दिएको छ ।