काठमाडौँ – नेपाली बजारमा १० दिनपछि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले फागुन ७ गतेयता सुनको मूल्य बढेको जानकारी दिएको हो । ७ गतेयता बजारमा सुनको मूल्य निरन्तर घटिरहेको थियो ।
मंगलबार तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार ७ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको छ।