Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – राष्ट्रपति निर्वाचन अन्तर्गत आज मंगलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

आज प्रारम्भमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ। नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेले नेता सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

तपाईको प्रतिक्रिया