काठमाडौं – अभिनेता पल शाह छुटेका छन् । नवलपुर सरकारी वकिल कार्यालयको दाबी नपुगेको भन्दै उनलाई उच्च अदालत पोखराले सफाइ दिएको हो । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइको फैसला सुनाएको हो ।
नाबालिग गायिकामाथि जबर्जस्ती करणीको मुद्दामा शाह विरुद्ध तनहुँ र नवलपुरमा उजुरी परेको थियो । तनहुँ जिल्ला अदालतले उनलाई सफाइ दिएपनि नवलपुरले भने बालयौन दुराचार मुद्दामा साढे २ वर्ष कैद सजाएँ सुनाएको थियो । उक्त फैसला विरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।
आइतबार भएको सुनवाइपछि उनी विरुद्ध सरकारी वकिल कार्यालयले पेश गरेको दाबी अपुग भएकोले रिहा गर्ने फैसला सुनाएको रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र आज रिहा हुने जानकारी दिए ।
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो । शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।