सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – साउदी अरब सरकारले ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरिदिएपछि एक नेपाली स्वदेश फर्किएका छन् । विगत दुई वर्षदेखि चोरीको आरोपमा त्यहाँको आभास्थित जेलमा रहेका नेपाली नागरिक कृष्णकुमार तामाङलाई अदालतको फैसलामार्फत तोकिएको जरिवाना ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरी स्वदेश फर्काइएको जेद्धास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका अनुसार साउदी सरकारका अदालत, जेल तथा अन्य सम्बन्धित निकायहरुसँगको निरन्तर बैठक, छलफल तथा अनुरोध पश्चात् पीडित तामाङको जरिवाना मिनाहा गराउन सफल भएको जनाएको छ ।

त्यसपछि दूतावासले उनको यात्रा प्रतिबन्ध फुकुवा गराई नेपाल जानका लागि आवश्यक पर्ने एक्जिट भिसा प्राप्त गरेको र साउदी सरकारसँग समन्वय गरेर हवाई टिकटको व्यवस्था गरी नेपाल फर्काइएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया