सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन् । शनिबार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमतिअनुसार नै अघि बढ्ने उनले बताए । उनले प्रदेश सरकार आगामी दिनमा स्रोत, साधन र अधिकारसम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरू प्रदेश सरकारले नै परिचालन गर्ने गरी अघि बढ्ने दाबी गरे ।

उनले भने, ‘कांग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ । प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, स्राेत, साधन र अधिकारसम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरू प्रदेश सरकारले नै परिचालन गर्ने गरी अघि बढ्छ ।’ अध्यक्ष यादवले सत्ता गठबन्धनमा आएको बदलावले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गरे ।

 

तपाईको प्रतिक्रिया