Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको बताएका छन् । शनिबार काठमाडौंमा स्व. महेन्द्र नारायण निधीको १०१औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको बताउँदै अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने दाबी गरे ।

‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौं। तर, निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर, अहिले पुनः नेपाली कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेका छौँ। यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ । आज बिहान कांग्रेसले निर्णय गरेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । साथै, उम्मेदवारी दर्ता पनि भइसकेको छ । अब यो गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म अघि बढ्नेछ ” निधीले भने।

 

तपाईको प्रतिक्रिया