Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ – अक्षय कुमार यतिबेला आफ्नो फिल्म ‘सेल्फी’लाई लिएर निकै चर्चामा छन् । सधैं सक्रिय रहने अभिनेता अक्षय कुमारले अहिले यस्तो उपलब्धि हासिल गरेका छन्, जुन अहिलेसम्म कुनै पनि अभिनेताले गर्न सकेका छैनन् । यस मामिलामा अक्षयले सबैलाई चकित बनाएका छन् । बलिउड अभिनेता तथा खेलाडी अक्षय कुमारले यस्तो काम गरेका छन् कि अब उनको नाम गिनिज वल्र्ड रेकर्डमा लेखिनेछ । वास्तवमा अक्षय कुमार हालै आफ्नो आगामी फिल्म ‘सेल्फी’को प्रमोशनका लागि मुम्बईको सडकमा निस्किएका थिए ।

फिल्मको प्रचारका क्रममा अक्षय कुमारलाई भेट्न र उनीसँग सेल्फी खिच्न ठूलो संख्यामा फ्यान त्यहाँ जम्मा भए ।यस क्रममा अक्षयले तीन मिनेटमा खिचिएको सबैभन्दा धेरै सेल्फ पोर्ट्रेट फोटो (सेल्फी) को गिनिज वल्र्ड रेकर्ड तोडेको छ ।फिल्म सेल्फीको प्रमोशनका लागि अक्षय कुमारले आफ्ना फ्यानसँग धेरै सेल्फी खिचेका छन् ।उनले ३ मिनेटमा १८४ सेल्फी लिएर गिनिज वल्र्ड अफ रेकर्डमा नाम दर्ता गराएका हुन्।

अक्षय कुमार र इमरान हाशमीले आफ्नो फिल्म सेल्फीको प्रमोशनमा कुनै कसर बाँकी राखेका छैनन् । उनी कुनै न कुनै अनौठो शैली अपनाएर लगातार चर्चामा आउने गर्छन् ।यसअघि अक्षय र इमरान प्रमोशनका लागि मुम्बईको मेट्रो ट्रेनमा चढेका थिए । उनको मेट्रो ट्रेनको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘सेल्फी’ मा अक्षय कुमारसँग ‘इमरान हाश्मी’ पनि देखिएका छन् ।

दुवै कलाकार एउटै फिल्ममा सँगै देखिन लागेको यो पहिलो पटक हो । यस फिल्ममा अक्षय र इमरानका अलावा मृणाल ठाकुर र डायना पेन्टी पनि देखिनेछन् । फिल्म फेब्रुअरी २४ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया