सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – डा. सन्दुक रुइत बहराइन सरकारबाट प्रतिष्ठित इशा अवार्डबाट सम्मानित भएका छन् । बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले उक्त अवार्डबाट सम्मानित गरेका हुन् ।

१ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को उक्त अवार्ड रुइतलाई मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा दिइएको थियो । झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत उनले उक्त अवार्ड पाएका हुन् ।

तपाईको प्रतिक्रिया