सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ ।

सास गन्हाउने समस्या जुनसुकै मानिसलाई हुन सक्छ । यो उमेरअनुसार हुने रोग होइन । यो यस्तो रोग हो, जसलाई मानिसले हेयको दृष्टिले हेर्छन् । मुख गन्हाउने समस्या पाचन प्रणालीसँग सम्बन्धित समस्या हो । मेडिकल भाषामा मुख वा सास गन्हाउने समस्यालाई हालिटोसिस भनिन्छ ।

मुखबाट दुर्गन्ध आउनुका कारण

– दाँत र गिजाको रोग पायेरिया हुनु
– दाँतमा फोहोर जम्मा हुनु
– टन्सिलको इन्फेक्सन हुनु
– नाक या साइनसमा समस्या हुनु
– मुखमा घाउ हुनु
– श्वासनली या फोक्सोमा कुनै विकार हुनु
– पाचन प्रणालीले ठीकसँग काम नगर्नु
– पानीको मात्रा कमी हुनु
– मिर्गौलाको समस्या हुनु
– जिभ्रोमा फोहोर जम्मा हुनु
– मदिरापान गर्नु
– धूमपान, तमाखु, गुटका, पानपराग खानु
– अन्य रोगका कारणले पनि मुख गन्हाउँछ ।
– मधुमेह, कब्जियत, पेटको अल्सर, अपच, अजीर्ण, टीबी, निमोनिया, पिनास, डिपथेरिया आदि रोग भएमा पनि सास गन्हाउने हुन सक्छ ।
– काँचो लसुन, प्याजको सेवन गर्नु
– दाँतमा खाना अड्किनु
– नियमित रूपले दाँत नमाझनु ।
– केही मात्रामा भने महिलाको महिनावारीको पिरियडमा पनि मुख गन्हाउने हुन्छ ।

लक्षण

– मुखबाट दुर्गन्ध आउनु
– पेट खाली हुँदा झन् बढी सास गन्हाउनु
– गिजाबाट पिप आउनु
– बिहान बासी मुखमा धेरै गन्हाउनु
– रोग निवारणका उपाय
– साँझ बिहान राम्रोसँग दाँत माझ्ने
– ब्रस गर्दा टंग क्लिनरले जिभ्रो सफा गर्ने
– दाँतमा कीरा लागेको र प्वाल परेको छ भने उपचार गर्ने
– खाने बित्तिक्कै कुल्ला गर्ने
– प्रशस्त मात्रामा शुद्ध पानी पिउने
– कब्जियत, अपचसम्बन्धी समस्याबाट मुक्त हुने
– कागती, पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर बिहान–बेलुकी कुल्ला गर्ने

उपचार विधि

– मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने किनकि यो ब्रस र फ्लस गर्दा पनि जाँदैन।

– पानी पर्याप्त पिउने जसले शरीरमा सन्तुलन गर्छ र मुख सुक्खा हुन्न।

– टङ क्लिनरले जिब्रोलाई नियमित सफा राख्ने।

– कफी र गुलियो खानेकुरा कम गर्ने।

– सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने।

– नक्कली दाँतको उपचार गर्दा अझ खाना अड्किने,राम्रो सफा नहुनेलाई राम्रोसँग सफा गर्ने।

– एउटै ब्रस ३ महिनाभन्दा बढी प्रयोग नगर्ने।

– टन्सिलको ढुङ्गाको उपचार गर्ने।

– खाना खाएपछि कुल्ला गर्ने।

– गुलियो अथवा चकलेट, चुइगम कम प्रयोग गर्ने।

– गिजा सुन्निए उपचार गर्ने।

– पिनास, टन्सिलको उपचार गर्ने।

– धूमपान अथवा सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने।

– दन्ते सडनको उपचार गर्ने।

– घाउ÷खटिरा र रातो, सेतो प्रकारका घाउको उपचार गर्ने।

– मुखमा क्यान्सर छ भने उपचारगर्ने।

– मुखमा अम्लको मात्रा आउन नदिने।

– खानपान र पेटको उपचार सही ढंगले गर्ने।

– स्वास प्रस्वास नली र फोक्सोको समस्या छ भनेउपचार गर्ने।

– डाइबेटिज नियन्त्रणमा राख्ने।

– नियमितरूपमा दन्त चिकित्सकलाई देखाउने।

तपाईको प्रतिक्रिया