बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २५९ मतले अग्रता बनाएका छन् । सोमबार बिहानको अद्यावधिक विवरणअनुसार सिंहले ८ हजार ८७४ मत पाउँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६१५ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार २१५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत पाएका छन् । हालसम्म सो निर्वाचन क्षेत्रमा २३ हजार ३७३ मत गणना सकिएको छ । बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ ।

तपाईको प्रतिक्रिया