Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – टिकटकमा जुवा खेलाएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धी २८ बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मल्ल आफ्नो ई-सेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाउथे । त्यसपछि टिकटमा सुरु हुन्थ्यो उनको जुवाडे धन्दा ।

प्रयोगकर्ताले जितेमा उसको वालेटमा पैसा जम्मा गर्ने र हारेको खण्डमा पुनः आफ्नो ईसेवा वालेटमा जम्मा गर्न लगाउँथे । यसरी टिकटक लाइभमार्फत जुवा खेलाइरहेको सूचना प्रहरीकहाँ पुगेपछि प्रहरीले ती व्यक्तिको निगरानी गर्न थाल्यो । निगरानी गरिरहेको अनुसन्धान कार्यालयका प्रहरीले मंगलबार मल्ललाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गर्यो ।प्रारम्भिक अनुसन्धानमा मल्लले जम्मा १५ दिनको अवधिमा आठ लाख ५३ हजार ३३१ रुपैयाँ बराबरको जुवा खेलाएको देखिएको छ ।

“मल्लले क्वीक क्याश नामक टिकटक आईडी खोली दुईवटा ईसेवा अकाउन्टमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएको देखिन्छ,” प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।पक्राउका क्रममा प्रहरीले मल्लको कोठाबाट जुवा खेलाउन प्रयोग भएको एउटा स्मार्टफोन, तास खेल्ने विभिन्न व्यक्तिका नाम, मोबाइल नम्बर र रकम उल्लेख भएको एउटा रजिस्टर र जुवा खेलाउन प्रयोग भएका तीन बुक तास बरामद गरेको छ । मल्ललाई मूलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया