Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – फेसबुकको मातृ कम्पनी मेटाले ‘एचटीटी पुल बाई एलेफ’ (Httpool by Aleph) लाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । योसँगै ‘एचटीटी पुल बाई एलेफ’ले स्थानीय विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य उत्पादनमा आवश्यक सहयोग उपलब्ध गराउने छ ।

विश्वभर मेटाको सेल्स टिमको रूपमा आधिकारिक बिक्रेता रहेका छन् । एचटीटी पुल बाई एलेफको होल्डिङ कम्पनी एलेफ (Aleph) सन् २०१८ देखि मेटाको आधिकारिक बिक्रेताको रूपमा आबद्ध भई काम गर्दै आएको छ । यो कम्पनीले अफ्रिका, मध्यपूर्वी यूरोप र एसिया-प्रशान्त क्षेत्रसहित विश्वका धेरै क्षेत्रमा स्थानीय टोलीसँग काम गरिरहेको छ ।

”नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा ‘एचटीटी पूल बाइ एलेफ’ ले विज्ञापनकर्ताका लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पुर्‍याउने छ,” कम्पनीका प्रबन्ध निर्देशक सन्नी नागपालले भने, “हामी विभिन्न क्षेत्रमा कार्यशाला र तालिम प्रदान गर्दै विज्ञापनकर्तालाई नयाँ सीप सिक्न र मेटाको प्लेटफर्मबाट अधिकतम लाभ लिन सक्षम बनाउने छौँ ।” कम्पनीका अनुसार देशको आधिकारिक मुद्रा अर्थात् नेपाली रुपैयाँमै बिलिङ सुविधा हुने भएकाले स्थानीय विज्ञापनकर्तालाई सहज हुनेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया