Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

टोकियो – गलकोट समाज जापानले जापानका चार सहरमा आयोजना गर्दै ‘साङ्गीतिक धमाका-२०२३’ तयारी पूरा भएको छ । ‘हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध बनाऔँ’ भन्ने मूल मान्यताका साथ स्थापित (NPO 法人) गलकोट समाज जापानले प्रभु बैङ्कसँगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ हुने ‘साङ्गीतिक धमाका २०२३’ को तयारी पूरा भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानका चार सहर अन्तरगत फुकुओकामा डिसेम्बर २७, तारिख ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिख नेपालका चर्चित कलाकारहरूको साथमा गरिन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले जानकारी दिइन् ।

‘कार्यक्रमका लागि सोमबार नै कलाकार प्रकाश सपुत, रचना रिमाल, श्रीकृष्ण बम मल्ल र ईश्वर सिंह फुकुओका सहरमा अवतरण भइसकेका छन्’ अध्यक्ष थापाले भनिन्  ‘ साङ्गीतिक धमाका-२०२३’ को पहिलो कार्यक्रम मंगलबार फुकुओकाको ओहोरी पार्कमा रहेको फुकुओका आर्टम्यूजिक हलमा भव्यताका साथ सुरुवात गर्नेछौँ ।’

अङ्ग्रेजी नयाँ वर्षको स्वागतसहित समाजले सामाजिक उत्तरदायित्वका कार्य गर्नका लागि समाजले विगतका वर्षदेखि नै गर्दै आइराखेको साङ्गीतिक कार्यक्रमलाई यस वर्ष विगतका अनुभव र सिकाइलाई आत्मसात् गर्दै व्यवस्थित तयारीका साथ सम्पूर्ण तयारी पूरा गरेको कार्यक्रमका संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए । उनकाअनुसार कार्यक्रमको लागि आवश्यक सम्पूर्ण तयारीहरूमध्ये सबै सहरमा क्षेत्रीय समितिको व्यवस्थापनमा हल व्यवस्थापन, टिकट वितरण, सहयोगदातामार्फत सहयोग रकम सङ्कलन, विभिन्न उप समितिमार्फत आवश्यक सम्पूर्ण कार्य व्यवस्थित रूपमा भइरहेको छ ।

कार्यक्रमको तयारी अन्तरगत प्रमुख अतिथिको आमन्त्रण, अतिथिहरूलाई पत्राचार,कार्यक्रमको लागि आवश्यक सम्मान पत्र मायाको चिनो लगायतका आवश्यक सामग्रीको व्यवस्थापन भईसकेको जानकारी समाजका महासचिव लक्ष्मण कार्कीले जानकारी दिए । कार्यक्रममा बहुचर्चित भर्सटायल गायक, सर्जक प्रकाश सपुत पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल, सर्जक तथा गायक श्रीकृष्ण बम मल्ल र लोक तथा दोहोरी गायक ईश्वर सिंहसहित जापानमा रहेका कलाकारहरूको प्रस्तुति रहने भएकोले यस वर्षको कार्यक्रम विशेष बनाउने गरी सम्पूर्ण तयारी गरिएको समाजका सांस्कृतिक विभागका संयोजक गौरीशङ्कर गैरे रामले जानकारी दिए ।‘सानो उमेरमै चर्चा र सफलताको शिखरमा पुगेकी चर्चित गायिका रचनाको क्रेज धेरै रहेछ, त्यसैले पनि कार्यक्रमले निकै चर्चा पाएको छ । गैरेले अगाडि  थप्छन्, ‘प्रकाश सपुत, श्रीकृष्ण बम मल्ल , ईश्वर सिंह जस्ता भर्सटाईल गायक गायिका एवं सर्जकहरूको आगमनले सबैलाई उत्साहित बनाएको थियो । साथै जापानमा क्रियाशील कलाकारलाई समेत समेट्ने प्रयास गरेका छौँ ।’

जापान बासी नेपालीहरूको लागि नववर्ष विशेष बनाउने र सामूहिक रूपमा नयाँ वर्षको उत्सव मनाउने प्रोत्साहित गराउने हेतुले आयोजित कार्यक्रम फुकुओकामा बेलुका ४ बजेदेखि रातको ८ बजे सम्म, ओसाकामा बेलुका ५ बजे देखि रातको १० बजे सम्म, नागोयामा दिउसो ३ बजेदेखि रातको ८ बजे सम्म र टोकियोमा दिउसो ३ बजेदेखि रातको ८ बजे सम्म चल्नेछन् । यो कार्यक्रम विशुद्ध साङ्गीतिक बनाउने प्रयास गरिने समेत बताइएको छ ।

मुख्य प्रायोजक अर्थात् इभेण्ट पार्टनरको रूपमा नेपालको प्रमुख बैक अन्तरगतको प्रभु बैङ्क रहेको छ भने जापानमा क्रियाशील सङ्घ संस्था, व्यवसायी एवम् व्यक्तिहरूले सहयोगका विभिन्न तहमा रहेर उत्साहपूर्वक आर्थिक सहयोग गरिरहेको आर्थिक संयोजक अर्थात् समाजका कोषाध्यक्ष दिलबहादुर थापा रामुले जानकारी दिए । आर्थिक संयोजक थापाले भने ‘हामीले न्यूनतम दरमा जापानी येन ३ हजारको टिकट व्यवस्था गरेका छौँ, यसबाट आएको बचतलाई गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि खर्च गर्नेछौँ ।’

कार्यक्रमको तयारी भव्यरूपमा भएको र सफलता समेत भव्यरूपमा हुने विश्वास लिएको बताउँदै समाजका प्रवक्ता दिलीप दिलीप कँडेलले जापानका अग्रजहरू, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली एवं नेपालीभाषी दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरेका छन् । कँडेलले भने ‘कार्यक्रमलाई व्यवस्थित र सबैको साझा बनाउने उद्देश्यले टिकटको व्यवस्था गरेका हौँ, यो कुनै कमर्सियल कार्यक्रम होइन र बचत रकम सामाजिक काममै लगानी गर्नेछ ।’

तपाईको प्रतिक्रिया