आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा दिने भएका छन् । उनले आज बिहान ट्विट गर्दै छिट्टै सिइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वटिरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए । ट्विटरमागरिएकाे भोटिङ पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । 

भोटिङ पोल सिइओबाट अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि मस्कले सिइओ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । म सिइओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु,’ मस्कले भनेका छन् ।  

तपाईको प्रतिक्रिया