Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ। उनीहरुबाट बलिउड अभिनेत्री ऐश्वर्या राईको नक्कली राहदानी बरामद भएको छ । अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली १३ लाख अमेरिकी डलर र १० हजार ५०० पाउण्ड बरामद गरेको छ।

उनीहरुले ऐश्वर्या राईको नक्कली राहदानी केका लागि प्रयोग गरे भन्ने बारे प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार गिरोहका सदस्यहरूले कम्पनीका प्रतिनिधि भएको नाटक गरेर महँगो मूल्यमा जडीबुटी बेच्ने गरेका थिए । यो नाइजेरियाली गिरोहले लामो समयदेखि वैवाहिक साइट र डेटिङ एप्स मार्फत मानिसहरूलाई लक्षित गर्दै आएको थियो। यसबाहेक अपराधीले सेनाका एक सेवानिवृत्त कर्णेलसँग पनि १ करोड ८१ लाख रुपैयाँ ठगी गरेका छन् ।

ती कर्णेलले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेर गिरोहको पर्दाफास गरेको थियो । प्रहरी अधिकारी अभिषेक वर्माले मिडियालाई दिएको जानकारी अनुसार नाइजेरियाली अपराधीहरूले आफूलाई इके उफेरेमुक्वे, एडविन कोलिन्स र ओकोलोई डेमियनको रूपमा चिनाएका छन् । तीनै जनालाई ग्रेटर नोएडाबाट पक्राउ गरिएको हो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया