Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – फ्रान्स लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार मध्यराति भएको सेमिफाइनल खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अल बायट स्टेडियममा भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा खेलको पाँचौं मिनेटमा नै थियो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७९ औं मिनेटमा फ्रान्सका लागि रन्डल कोलो मुआनीले मैदान छिरेको ४४ सेकेण्डमा नै गोल गरेका थिए । अफ्रिकी टोली मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । फ्रान्स भने ६० वर्षपछि एउटै टोलीले लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने इतिहास बनाउने दाउमा छ ।

फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ । यसअघि लगातार दुईपटक विश्वकपको फाइनलमा इटाली, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स र जर्मनीले पनि लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने कीर्तिमान राखिसकेका छन् । लगातार दुईपटक विश्वकपको उपाधि जित्ने कीर्तिमान भने इटाली र ब्राजिलको नाममा छ ।

फ्रान्स चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । सन् १९९८ को विश्वकपको फाइनलमा पुग्दै उपाधि जितेको फ्रान्स सन् २००६ को विश्वकपको पनि फाइनलमा पुगेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपमा पनि फ्रान्स फाइनलमा पुगेको थियो । सातपटक विश्वकपको सेमिफाइनलमा फ्रान्सले केवल तीनपटक मात्र हारको सामना गरेको छ ।

यसपटकको विश्वकपको समूह चरणमा अष्ट्रेलियालाई ४–१ ले पछि पारेको फ्रान्सले दोस्रो खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो । यद्यपि समूहचरणको अन्तिम खेलमा भने फ्रान्स १–० ले पछि परेको थियो । अन्तिम १६ को खेलमा पोल्याण्डलाई ३–१ ले हराएको फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डमाथि २–१ गोलअन्तरको जित हात पारेको थियो ।

तपाईको प्रतिक्रिया