Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – आईफोन १४ सिरिजका स्मार्टफोनहरू सार्वजनिक हुनु भन्दा अगाडि देखि नै आईफोन १५ को विषयमा चर्चाहरू सुरु भइसकेको थियो । अन्य सिरिजका तुलनामा आईफोन १४ सिरिजका स्मार्टफोनहरूले खासै बजार पाउन सकेन । यस्तोमा कम्पनीले आईफोन १५ मा के परिवर्तन ल्याउँछ भन्ने विषय धेरैको चासोको विषय बनेको छ । यसैबिच आईफोन १५ का फिचरहरूसँगै बाहिरिएको मूल्यको जानकारी अहिले चर्चाको विषय बनेको छ ।

एप्पलका उत्पादनहरू सधैं महँगा उत्पादनका रुपमा चिनिन्छन् । बाहिरिएका जानकारी अनुसार आईफोन १५ झनै धेरै महँगो हुनेछ । आईफोन १५ सिरिजको महँगा मोडेलहरू आईफोन १४ को महँगा मोडेलको तुलनामा २०० डलर (करिब २७ हजार रूपैयाँ) ले महँगो हुने बताइएको छ । हाल आईफोन १४ प्रो म्याक्सको मूल्य अन्तर्राष्ट्रिय बजारमा १,२९९ डलर अर्थात् करिब एक लाख ७० हजारको हाराहारीमा छ ।

तर अब आईफोन १५ भने १,४९९ डलर अर्थात् करिब दुई लाख रूपैयाँ पुग्ने निश्चित भएको छ । थप एक टीबी स्टोरेज भेरियन्टको मूल्य १,७९९ डलर (करिब दुई लाख ३५ हजार रूपैयाँ) हुने अनुमान गरिएको छ ।  यो फोन नेपालसम्म आइपुग्दा सो रकम भन्दा पनि माथि जानसक्छ ।

सरकारले महँगा मोबाइलमा लगाएको प्रतिबन्ध फुकाएसँगै वैधानिक रुपबाट नेपालमा भित्रिदाँ मूल्यमा धेरै फरक नपर्ने आशा भने राख्न सकिन्छ । फोर्ब्समा प्रकाशित एक लेखका अनुसार आईफोन १५ सिरिजको स्मार्टफोनको मूल्य भने १,२९९ डलरबाट नै सुरु हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया