Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न सकिने भएकाे छ । विश्वकप फुटबलको भू-सतही, स्याटलाइट, डीटीएच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार पाएको मिडिया हबले अबका बाँकी खेल निःशुल्क प्रसारण हुने जानकारी दिएकाे हाे ।

मिडियाहबले उद्घाटन समाराेह, उद्घाटन खेल, सेमिफाइनल र फाइनलका खेल निःशुल्क रूपमा देखाउने गरी प्रसारण अधिकार लिएकाे थियाे । यसअघिका अन्य खेलहरु ‘हिमालय प्रिमियम’ च्यानल मार्फत देखाइएको थियो, जसका लागि सब्स्क्रिप्सन शुल्क ५६५ रुपैयाँ तोकिएको थियो । शुल्क नतिरेका ग्राहकहरू नेपाली च्यानलबाट विश्वकपको लाइभ हेर्नबाट वञ्चित भएका थिए ।

मिडिया हबले मोबाइलबाट विश्वकप देखाउन ओटीटी प्लेटफर्मसँग सहकार्य गर्ने प्रयास गरेपनि ‘प्राविधिक कारण’ का कारण सफल हुन नसकेकाे जानकारी दिएकाे छ । त्यसैले नेपाली दर्शकका लागि ‘हिमालय प्रिमियम’ को विकल्प अरू थिएन । अबका बाँकी तीन खेल भने दर्शकले ‘हिमालय एचडी’ च्यानलबाट निःशुल्क हेर्न सक्नेछन् ।

पहिलो सेमिफाइनलको खेल अर्जेन्टिना र क्रोएसियाबीच मंगलबार राति १२:४५ बजे र दोस्रो सेमिफाइन खेल फ्रान्स र मोरोक्कोबीच बुधबार राति १२:४५ मा हुँदै छ । यसैगरी फाइनल खेल १८ डिसेम्बर अर्थात् आउँदो आइतबार बेलुकी ८ः४५ मा हुनेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया