बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – विगत झण्डै तीन दशकदेखि जापानलाई कर्मभूमि बनाउँदै आएकी यमा शेरचन गुरुङले दाङ घोराहीका एक जना क्षयरोगबाट पीडित बिरामीलाई आर्थिक सहयोग पठाएकी छिन् ।

समाज सेविकाको परिचय बनाएकी गुरुङले ६ महिना अगाडि मात्र फेसबुक मार्फत चिनजान भएका घोराहीका ३१ बर्षिय माधव कार्कीलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा थोरबहुत मदत पुगोस् भन्ने हेतुले तीस हजार रुपैंया आर्थिक सहयोग गरेको बताईन् ।

घोराही स्थित बुद्ध अस्पतालमा उपचाररत कार्कीको आर्थिक अवस्था कमजोर रहेकोले सानोतिनो भए पनि केही सहयोग गर्न पाए हुने भन्ने हुटहुटी जागेकोले आफै सोधीखोजी गरी सो रकम पठाएको गुरुङले बताईन् ।

त्यसपछि बिरामी कार्कीले थप उपचारका लागि राजधानी काठमाडौंको नर्भिक अस्पतालसंग परामर्श गरी १, २ महिनाभित्रै अप्रेशन गर्ने भएका छन् । उसो त गुरुङ आफै पनि क्यान्सर पीडित बिरामी हुन् । उनको हाल तेस्रो स्टेजको उपचार भईरहेको छ । बिरामीको पीडा बिरामीलाई राम्रोसंग थाहा हुने भएकोले सानो भए पनि सहयोग गर्ने भावना जागेको उनको भनाई छ ।

जापानको सबैभन्दा पुरानो नेपाली मिडिया हाउस अर्थात नेपाली समाचार तथा समुद्रपारि टिमकी संस्थापक सदस्य समेत रहेकी गुरुङ थकाली सेवा समिति जापान, तमु धीं जापान, नेपाली जनसम्पर्क समिति जापान लगायतका संघसंस्थाहरुमा पनि आबद्ध छिन् । ***

तपाईको प्रतिक्रिया