Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् । पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो सुनुवाइलाई निकै पछ्याए ।

अर्का हलिउड अभिनेता विल स्मिथ सन् २०२२ मा दोस्रो सर्वाधिक खोजी गरिएका कलाकार बने । गत मार्च २७ मा आयोजित ओस्कार अवार्ड समारोहमा सञ्चालक क्रिस रकलाई थप्पड हानेपछि अभिनेता स्मिथ चर्चामा आए ।

सूचीको तेस्रो स्थानमा हलिउड अभिनेत्री एम्बर हर्ड रहिन् । पूर्वपति तथा अभिनेता जोनी डेपसँगको सम्बन्धविच्छेदको अदालती प्रकरणले उनलाई पनि चर्चामा ल्यायो । यी तीनै जना कलाकार सर्वाधिक खोजीको सूचीमा पर्नु स्वभाविक नै हो ।

अन्य कलाकारहरु क्रिस रक, जाडा पिन्केट स्मिथ, जोसेफ क्वीन, इभान पिटर्स, एन्ड्रियु गारफिल्ड, जुलिया फक्स, एज्रा मिलर पनि सूचीमा अटाएका छन् । क्रिस रक चौथो र जाडा पिन्केट पाँचौं स्थानमा छन् । ‘स्ट्रेन्जर थिङ्स’ स्टार जोसेफ क्वीन छैटौं, ‘अमेरिकन हरर स्टोरी’ स्टार इभान पिटर्स सातौंमा छन् । स्पाइडरम्यान अभिनेता एन्ड्रियु गारफिल्ड आठौंमा अटाएका छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया