काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै छ । नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ।
यसअघि, भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृङ्खलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागिता छ । सात टोली सहभागी विश्वकप लिग-२ मा नेपाल २३ खेलमा १८ अङ्क सहित छैटौँ स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अङ्कका साथ पहिलो स्थानमा रहेको छ ।