Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको आज सम्पन्न खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सम्पन्न खेलमा नेपाली टोली ८६ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनमा समेटियो।

घरेलु टोलीलाई राम्रो स्कोरसम्म लैजान मिचेल भान लिनगेनले शतकीय पारि खेले। उनले १११ बलमा १५ चौका र १ छक्काको सहायतामा ११९ रन बनाए। त्यस्तै कप्तान गरहार्ड इरसम्सले अर्धशतकीय पारि खेल्दै ५३ रन बनाउँदा जन निकोलले ४०, डिभन ल ककले १८ तथा लो-हान्द्रे लौरेन्सले १४ रन बनाए। बलिङतर्फ नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३ रन बनाएर पभेलियन फर्किए। अर्का ब्याट्सम्यान आशिफ शेख ७ रनमा आउट हुँदा अर्जुन साउद र ज्ञानेन्द्र मल्लले स्कोर केहीमाथिसम्म उकासे। मल्लले ३० रन तथा साउदले २९ रन बनाए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाउँदा आरिफ शेखले १८ तथा ललित राजवंशीले ११ रन बनाए। नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका जेजे स्मिथ, तान्गेनी लुङ्गामेनी र पिक्की या फ्रान्सले समान २ विकेट लिँदा रुबेन ट्रम्पेलमन, बर्नाड स्कोल्च र मिचेल भान लिन्गेनले १/१ विकेट लिए।

जितसँगै नामिबिया ३० खेलबाट ३७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने २३ खेलबाट १८ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। जारी सिरिजमा यसअघिको खेलमा नेपालले स्कटल्याण्डसँग ३ विकेटको हार ब्यहोरेको  थियो भने नामिबियासँगको अघिल्लो खेलमा वर्षा वाधक हुँदा अंक बाँडेको थियो। अर्कोतर्फ नामिबियाले अघिल्लो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया