Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जारी विश्वकपमा ठुला उलटफेर हुनेक्रम जारी रहेको छ । चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो पटक समूह चरणबाट नै बाहिरिएको छ । भने बलियो मानिएको स्पेनलाई पराजित गरेर एसियाली पावर हाउस जापान समूह विजेता हुँदै राउण्ड १६ मा पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानले स्पेनलाई २-१ ले पराजित गर्दै विश्वकपको एक रेकर्ड समेत बनेको छ । पुरै खेलमा जापानको बल पोसेसन जम्मा १७.७ प्रतिशत रहेको थियो । खेल अवधिमा १७.७ प्रतिशत मात्र बल पाएको जापानले खेलमा विजयी नतिजा निकालेर स्पेनलाई स्तब्ध बनायो ।

यो विश्वकपकै इतिहासमा जित हासिल गर्ने टिमको अहिलेसम्मकै कम बल पोसेसन हो । टिकी टाका उपनामले चिनिने स्पेनलाई जापानले पाएको आक्रमणको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि सुखद् नतिजा निकाल्न सकेको थियो ।

तर जापानको गोल विवाद रहित भने हुन सकेन । खेलको ५१औं मिनेटमा जापानका आओ टनाकाले गरेको गोलमा पास दिँदा आउट बल पास दिएको देखिएको छ । यसलाई भिडियो असिस्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो । शुरुमा गोल नदिए पनि भारले गोल दिएपछि यसमा विवाद भएको छ ।

भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ । सामाजिक सञ्जालमा ‘भिएआर’को निर्णयको कडा आलोचना गरिएको छ । जापानको यस नतिजाले यसै समूहको जर्मनीलाई असर गर्‍यो ।

जर्मनी समूहमा तेस्रो हुँदै विश्वकपको यात्रा टुङ्गाउन बाध्य भयो । जापानले नै समूह चरणको पहिलो खेलमा जर्मनीलाई पराजित गरेको थियो । जापान योसहित चौथो पटक विश्वकपको राउण्ड १६ मा पुगेको छ । यस अघि २००२, २०१०, २०१८ मा पनि राउण्ड १६ मा पुगेको थियो ।

तपाईको प्रतिक्रिया