Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । आज शनिबार हुने एक सांगीतिक कार्यक्रमका लागि उनी शुक्रबार साँझ काठमाडौँ उत्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो नेपाल बसाई दुई दिनको हुने उनले बताए ।

नेपाल बसाइको क्रममा पशुपतिनाथको दर्शन गर्ने योजना समेत रहेको बताएका उनले शनिबार ठमेलको क्लब फ्यारेनहाइटमा ‘लाइभ कन्सर्ट’ गर्ने जानकारी दिए । आफूले आगामी जनवरीमा एक नेपाली गीत समेत रिलिज गर्न लागेको समेत उनले बताए । ‘सांगीतिक कार्यक्रमका लागि बोलावट आयो । म काठमाडौँ आए’ आदित्यले भने ‘कार्यक्रममा राम्रै दर्शकको साथ रहने अपेक्षा गरेको छु ।’ आयोजक तथा क्लबका सञ्चालक सोनम शेर्पाले बलिउड कलाकार नेपाल भित्र्याएर सांगीतिक कार्यक्रम गर्नुको उद्देश्य पर्यटन प्रवर्द्धन र सांगीतिक मनोरञ्जन दिनु रहेको बताए ।

‘लाइभ कन्सर्ट’ मा आदित्यले आफ्ना ब्याण्ड मेम्बरका साथ आफ्नो नयाँ तथा पुराना गीतसंगीत समेत प्रस्तुत गर्नेछन् । सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता सो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रूपमा डेब्यु गरेका थिए । उनका पिता उदित नारायण झाको नेपाल र बलिउडमा थुप्रै हिट गीत छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया