Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – चुस्त व्यवस्थापन नभएकै कारण नेपाल वायुसेवा निगमको बिहीबार राति ११ बजे कतारको दोहा उड्ने जहाजले ६० जना नेपाली यात्रुलाई पहिले नै जानकारी नदिई काठमाडौंमै छाडेर उडेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यात्रुहरूले नागरिक उड्डयन प्राधिकरणमा बुझाएको सामूहिक उजुरीका अनुसार, विहीबार ८ बजे बोर्डिङ पासका लागि चेकइन काउन्टरमा पुग्दा निगमको यात्रु सेवा विभागका कर्मचारीले त्यहाँ पुगेपछि मात्रै ‘ओभर-बुकिङ’ भएको बताउदै काउन्टर बन्द भइसकेको भनी ती ६० यात्रुलाई बोर्डिङ पास दिएनन् ।

दसैं तिहारलगायत बिदामा स्वदेश आएर फर्किन लागेका ती नेपाली यात्रुहरुले ‘त्यहा खटिएका निगमका कर्मचारीहरुले १ सय ५८ सिट मात्रै भएको निगमको न्यरोबडी विमान भित्र सिट भरिसकेकाले लैजान नसकिने’ बताएको उजुरीमा लेखिएको छ ।

वायुसेवाहरूको नियमनकारी निकाय प्राधिकरणमा शुक्रबार उजुरी दिन जम्मा भएका ती यात्रुहरूले काउन्टरमा निगमको यात्रु सेवा विभागबाट त्यहाँ खटिएका कर्मचारीहरुले दुर्व्यवहार पनि गरेको उल्लेख गरेका छन् । ‘समयमै काममा फर्किन नपाएकाले कतिपयको जागिर गुमेको र समय खेर गएको’ उल्लेख गर्दै ती यात्रुहरुले निगमलाई कारबाहीको माग गर्दै क्षतिपूर्ति मागेका छन् । उनीहरूले पूर्वजानकारी नदिई निगमले आफूहरूको नउडाएकोमा कारबाहीको माग गरेका छन् ।

यात्रुहरूको लिखित उजुरीपछि प्राधिकरणको हवाई यातायात विभागले निगमलाई स्पष्टीकरण सोधेको थियो । शुक्रबारको भोलिपल्ट शनिबार र आमनिर्वाचनको सार्वजनिक बिदा भएकाले निगमले यात्रु छुट्नुको कारण खुलाउदै प्रष्टीकरण दिइसकेको छैन । प्राधिकरणले स्पष्टीकरण तीन दिनभित्र बुझाउन भन्दै निगमलाई अब उप्रान्त यस किसिमका कमजोरी नगर्न सचेत गराएको छ ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, ती यात्रुलाई निगमले पर्सिपल्ट (शनिबार, ३ मंसिर) को उडानमा दोहा पठाएको छ । निगमले भने उक्त दिनको उडानमा राखिएको वाइडबडी विमान बिग्रिएका कारण साना जहाज राख्दा सय यात्रु छुटेको जनाएको छ ।

‘एक-एक वाइडबडीमा समस्या आएकाले सानो जहाज उडाउनुपर्दा सय यात्रु छुट्न गए,’ निगमका एक निर्देशकले भने,‘तीमध्ये ४० जनालाई एकपटक र ६० जनालाई अर्कोपटक गरी दोहा पठायौं ।’ चाडपर्व सकिएलगत्तै फर्किने यात्रुको चाप अन्य वायुसेवामा अत्यधिक रहेकाले निगमले छुटेका यात्रुलाई दुई दिन सिनामंगल, गौशाला र ज्ञानेश्वरका होटलमा राखेको थियो । –कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया