शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – निर्वाचन आयोगको वेबसाइट र मोबाइल एप डाउन भएको छ । शनिबार बिहानदेखि नै आयोगको वेबसाइट (election.gov.np) र एप (ECN App)मा समस्या देखिएको हो । वेबसाइटमा प्रयोगकर्ताको एकैपटक ट्राफिक बढ्दा सर्भर डाउन भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । आयोगका आईटी शाखाका एक प्रतिनिधिले समस्या पहिचानकाे काम भइरहेकाे र चाँडै नै समाधान गरिने जनाएका छन् ।

त्यस्तै आयोगको एप खोल्दा ‘इन्टरनेट कनेक्टिभिटी छैन वा वेब सर्भर डाउन हुनसक्छ, फेरि प्रयास गर्नुहोला” भन्ने सन्देश देखापर्छ । यसअघि पनि निर्वाचनको समयमा आयोगको वेबसाइट र एपमा समस्या देखिने गरेको थियो ।

तपाईको प्रतिक्रिया