Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानलाई कस्टम विभागले मुम्बई एअरपोर्टमा शुक्रबार राति एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छाडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो ।

समाचारअनुसार लाखौँ मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महँगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्युटी नतिरेको कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो ।

शाहरुख आफ्नो टिमका साथ निजी चार्टरबाट दुबईको एक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेका थिए । यही चार्टरबाट गए राति साढे १२ बजे उनी मुम्बई फर्किएका थिए । रेड च्यानल पार गरिरहँदा कस्टमले शाहरुख र उनको टिमको ब्यागमा लाखौँ रुपैयाँको घडी फेला पारेको थियो ।

यसपछि कस्टमले सबैलाई रोक लगाएको थियो र झोलाको चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा झोलाबाट विभिन्न महँगा ब्राण्डका घडीसँगै घडीका खाली बट्टा भेटिएका थिए । कस्टमले यी घडीको मूल्यांकन गर्दा १७ लाख ५६ हजार ५ सय रुपैयाँ निकालेको थियो । यी घडीको कर तिर्न उनीहरुलाई आग्रह गरिएको थियो ।

त्यसपछि शाहरुखका बडीगार्ड रविले ६ लाख ८६ हजार रुपैयाँ कस्टम शुल्क तिरेका थिए । यसको बिल रविकै नाममा बनेको छ । रविले पैसा शाहरुखको क्रेडिट कार्डबाट तिरेका छन् । सबै प्रक्रिया पूरा गरेपछि रविलाई शनिबार बिहान ८ बजे कस्टमले छाडेको थियो ।

यसअघि शाहरुखलाई अमेरिकाको विमानस्थलमा पटक–पटक सोधपुछ गरिएको समाचार आउने गरेको थियो । तर, यसपटक उनी आफ्नै देशको मुम्बई एयरपोर्टमा केरकारमा परे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया