Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’ लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए । सिद्धान्त पछिल्लो पटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए । सिद्धान्त फिटनेसका सौखिन थिए । सामाजिक सञ्जालमा उनी प्रायः जिम वर्कआउटको भिडियो शेयर गरेर फ्यानलाई प्रोत्साहन गरिरहन्थे ।

सिद्धान्तले सन् २०१७ मा मोडल तथा फेसन कोरियोग्राफर अलिसिया राउतसँग विवाह गरेका थिए । उनका दुई सन्तान छन् । यो उनको दोस्रो विवाह हो । यसअघि उनले ईरा सूर्यवंशीसँग सन् २००० मा विवाह गरेका थिए । तर उनीहरूले सन् २०१५ मै वैवाहिक सम्बन्ध टुंग्याएका थिए ।

जिम वर्कआउटका क्रममा हृदयघात भएका सिद्धान्त तेस्रो कलाकार हुन् । यसअघि कमेडियन राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’का अभिनेता दीपेश भानको पनि वर्कआउटकै क्रममा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया