Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले ३०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा रोक लगाएको छ । तैपनि यदि तपाईँ अन्य कुनै माध्यमबाट आईफोन फोर्टिन प्रो वा फोर्टिन प्रो म्याक्स अर्डर गर्ने सोचमा हुनुहुन्छ भने लामो समय कुर्नुपर्ने भएको छ ।

एप्पलले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण जारी निषेधाज्ञाका कारण चीनको जङ्गजाउमा रहेको आईफोनको मुख्य फ्याक्ट्री प्रभावित बनेको र जसले गर्दा आईफोनको उत्पादन उल्लेख्य रूपमा कटौती हुन पुगेको बताएको छ । “हामीकहाँ आईफोन फोर्टिन प्रो र आईफोन फोर्टिन प्रो म्याक्सका लागि एकदमै धेरै माग आइरहेको छ,” एप्पलले भनेको छ, “यद्यपि अहिले हामी  आईफोन फोर्टिन प्रो र आईफोन फोर्टिन प्रो म्याक्सका लागि पहिला अपेक्षा गरेभन्दा एकदमै न्यून मात्रामा मात्रै शिपमेन्ट गर्न सकिरहेका छौँ । जसले गर्दा ग्राहकले आफ्नो नयाँ उत्पादनका लागि लामो समय कुर्नुपर्ने हुनसक्छ ।”

अक्टोबरमा रोयटर्सले कोभिड निषेधाज्ञाको प्रभाव स्वरूप चीनमा रहेको फ्याक्ट्री फक्सकन प्रभावित हुने र त्यसबाट आईफोनको उत्पादन कम्तिमा ३० प्रतिशतले घट्ने भन्दै एक रिपोर्ट प्रकाशित गरेको थियो । उक्त फ्याक्ट्रीमा एप्पलले नयाँ आईफोन बनाउने गरेको छ । न्यू योर्क टाइम्सले फक्सकनका दुई लाख कामदारलाई कोरोना महामारीको समयमा बिल्डिङ भित्रै रहन बाध्य पारिएको उल्लेख गरेको छ ।

यद्यपि कम्पनीले यस अघि नै आफ्नो केही उत्पादन चीनबाट बाहिर स्थानान्तरण गर्ने कार्य सुरु गरिसकेको छ । साथै सेप्टेम्बरबाट आईफोन फोर्टिनको आधारभूत मोडलको उत्पादन भारत स्थित कारखानाबाट सुरु भइसकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया