Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – सामाजिक सञ्जाल फेसबुक दिनानुदिन प्रख्यात बन्दै गइरहेको छ । बजारमा अन्य प्रतिस्पर्धी हुँदा पनि फेसबुक सर्वाधिक प्रयोगकर्ता हुने सामाजिक सञ्जालमा पर्छ । स्टाटिकाका अनुसार फेसबुकको मासिक २ अर्ब ९५ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् ।

फेसबुकमा यति धेरै सक्रिय प्रयोगकर्ता भइरहँदा सर्वाधिक फलोअर्स हुने फेसबुक पेज कुन होला भन्ने धेरैको चासो हुनसक्छ । आज हामी फेसबुकमा सर्वाधिक फलोअर्स भएका फेसबुक पेजबारे जानकारी दिँदैछौं ।

१. फेसबुक एप

अमेरिकी कम्पनी फेसबुकको ‘फेसबुक एप’ नामक पेज प्लेटफर्ममा सर्वाधिक फलोअर्स हुने पेज हो । १८ करोड २० लाख बढी फलोअरका साथ फेसबुक एपु पेज शीर्ष स्थानमा छ ।

२. सामसङ

दक्षिण कोरियाली कम्पनी सामसङ सर्वाधिक फलोअर हुने पेजको दोस्रो स्थानमा पर्छ । १६ करोड १० लाख फलोअरका साथ सामसङ दोस्रो स्थानमा रहेको छ ।

३. क्रिस्टियानो रोनाल्डो

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान क्रिष्टियानो रोनाल्डो सर्वाधिक फेसबुक फलोअर हुनेहरूमध्ये तेस्रो सूचीमा पर्छन् । हाल उनका १५ करोड ४० लाख बढी फलोअर रहेका छन् ।

४. मिस्टर बिन

मिस्टर बिन नामबाट चर्चित बेलायती कमेडियन रोविन एट्किन्सनको फेसबुक पेज सर्वाधिक फलोअर हुनेहरूको सूचीमा चौथो स्थानमा पर्छ । हाल मिस्टर बिन पेजमा १३ करोड २० लाख बढी फलोअर रहेका छन् ।

५. फाइभ मिनेट क्राफ्ट

साइप्रसका एक समूहले सञ्चालन गरेको ‘फाइभ-मिनेट क्राफ्ट’ नामक फेसबुक पेज सर्वाधिक फलोअर्स हुने पेजहरूमा पाचौँ स्थानमा पर्छ । हाल यो पेजको १२ करोड ३० लाख बढी फलोअर्स छन् । दैनिक जीवनमा गरिने विभिन्न काम कसरी छिटो गर्न सकिन्छ भन्ने विषयसँग सम्बन्धित भिडिओ यस पेजबाट अपलोड हुने गर्छन् ।

६. सीजीटीएन

चिनियाँ सञ्चार माध्यम सीजीटीएन सर्वाधिक फलोअर हुने फेसबुक पेजहरू मध्येको एक हो । यो पेज ११ करोड १९ लाख फलोअरका साथ छैठों स्थानमा रहेको छ ।

७. साकिरा

म्बोडियन गायिका साकिरा इसाबेल मेबाराक रिपोलको फेसबुक पेज ‘साकिरा’ सर्वाधिक फेसबुक फलोअर हुनेहरूमध्ये सातौँ स्थानमा पर्छ । हाल साकिराको फेसबुक पेजमा ११ करोड ७० लाख फलोअर रहेका छन् ।

८. रियल मड्रिड सीएफ

स्पेनको व्यावसायिक फुटबल क्लब रियल मड्रिड क्लब अफ फुटबलको फेसबुक पेज ‘ुरियल मड्ररिड सीएफ’ सर्वाधिक फलोअर हुने फेसबुक पेजहरूमा आठौँ स्थानमा पर्छ । उक्त पेजमा हालसम्म ११ करोड ५० लाख बढी फलोअर रहेका छन् ।

९. विल स्मिथ

अमेरिकी अभिनेता तथा र्‍यापर विलर्ड क्यारोल स्मिथ २ को फेसबुक पेज ‘विल स्मिथ’ सर्वाधिक फेसबुक फलोअर हुने पेजको नवौँ सूचीमा पर्छ । ११ करोड २० लाख बढी फलोअरका साथ विल स्मिथ ९ औँ स्थानमा रहेको छ ।

१०. कोकाकोला

कार्बोनेट सफ्ट ड्रिङ्क कम्पनी कोकाकोलाको फेसबुक पेज ‘कोकाकोला’ सर्वाधिक फलोअर हुने पेजहरू मध्येको एक हो । १० करोड ८० लाख बढी फलोअरका साथ कोकाकोला शीर्ष १० स्थानमा रहेको छ ।

माथि उल्लेखित फेसबुकमा सर्वाधिक बढी फलोअर हुने पेजहरू क्षेत्रगत रुपमा पनि पहिलो स्थानमा छन् । उदाहरणका लागि सामाजिक सञ्जाल कम्पनीहरूमा फेसबुक शीर्ष स्थानमा पर्छ । विद्युतीय उपकरण निर्माता कम्पनीहरूको तुलनामा सामसङ पहिलो छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया