Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा प्रचलनमा ल्याएको हो ।

भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा यस्तो मुद्रा प्रचलनमा ल्याएको हो । आरबीआईले यस परीक्षणका लागि ९ वटा बैंकहरु समावेश गरेको छ ।

डिजिटल मुद्राको प्रचलनसँगै अब मानिसहरुले नगदमा निर्भर रहनु पर्ने बाध्यता हट्ने छ । डिजिटल करेन्सी प्रचलनमा आउनु अगाडि कारोबारका लागि नगद वा चेक अथवा कुनै बैंकिङ प्रणालीका माध्यमबाट भइरहेको थियो । अब भने डिजिटल नोटमा कुनै ‘हार्ड करेन्सी’ हुने छैन । ‘वालेट टू वालेट’ कारोबार सम्भव हुनेछ । यसले कालोधन थुपार्ने प्रवृत्ति समेत कम हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

निकट भविष्यमा निश्चित रकमसम्मको कारोबार डिजिटल करेन्सीबाट अनिवार्य गर्दा यसले कालोधन राख्ने प्रवृत्तिको अन्त्य हुने र सबै कारोबार रेकर्ड केन्द्रीय बैंकसँग रहने अर्थविद्‍हरुले बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसको कारोबारलाई सरकारले प्रणालीमार्फत प्रत्यक्ष निरन्तर निगरानी समेत गर्न सक्नेछ ।

डिजिटल करेन्सी प्रचलनमा आएपनि तत्काल भौतिक मुद्रा भने प्रचलनबाट हराउने छैन । पहिलो चरणमा ठूलो कारोबारमा आएको डिजिटल मुद्रा आम सर्वसाधारणमा प्रचलनमा आउन भने समय लाग्नेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया