Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – आज (शुक्रबार)देखि नेपाली हलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘के घर के डेरा’ र ‘नालापानी’ तथा हलिउडको ‘ब्ल्याक एडम’ रिलिज भए ।

यी तीनैवटा फिल्मको जानरा अलग छ । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ गम्भीर विषयवस्तुमा बनेको हाँस्यप्रधान फिल्म हो । दयाहाङ राई, सुरक्षा पन्त, बिपिन कार्की र वर्षा राउत अभिनित फिल्मले काठमाडौंमा घर निर्माणको सपना देख्ने मध्यमवर्गीय परिवारको कथा भन्छ ।

सन् १९१४ देखि १८१६ को कालखण्डमा चलेको नेपाल-अंग्रेजबीचको नालापानी युद्धको ऐतिहासिक कथावस्तुमा फिल्म ‘नालापानी’ निर्माण भएको छ ।रिमेश अधिकारी निर्देशित फिल्ममा अर्जुनजङ्ग शाही, देशभक्त खनाल, सन्तोष पन्त र गीता अधिकारीको प्रमुख भूमिका छ । चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा मान्यता दिएको यो फिल्म ऐतिहासिक कथावस्तु रुचाउने दर्शकलाई प्रिय लाग्न सक्छ ।

ड्वेन जोन्सन पहिलोपटक हलिउडमा ‘ब्ल्याक एडम’मार्फत सुपरहिरो चरित्रमा देखिँदैछन् । डीसी कमिक्सको कथावस्तुमा आधारित फिल्मले पार्थिव चिहानबाट पुनः ब्युँझिएको र इजिप्सियन भगवानबाट शक्ति प्राप्त गरेको पात्रले न्यायका लागि गर्ने लडाइलाई फिल्मले प्रस्तुत गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया