शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका-१४ स्थित शिवनगरमा नयाँ बनाएका हुन् ।सोमबार घटस्थापनाको साइत पारेर उनी गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँई तलाको घर बनाएका छन् । बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरू रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए ।प्रचण्डले आफू गाउँमै फर्किएको बताएका छन् । उनी चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाएका हुन् । यसअघि उनी चितवन आउँदा छोरी भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको घरमा बस्थे । अब आफ्नै घरमा बसेर राजनैतिक गतिविधि सक्रिय बनाउने छन् ।मंसिर ४ मा निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चितवन केन्द्रित बन्न थालेका छन् । विगत तीन दिनदेखि उनी चितवनमै रहेका छन् । उनी विभिन्न कार्यक्रममा व्यस्त छन् । मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ ।

तपाईको प्रतिक्रिया