बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले समूहको आफ्नो अन्तिम खेलमा भारतसँग खेल्दैछ । समूह ‘बी’ मा नेपाल र भारत दुवैले यसअघि भुटानलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुबैले समान ३ अंक जोडेका छन् । त्यसैले नेपाल र भारतबीचको खेलले समूह विजेता र समूह उपविजेताको छिनोफानो गर्नेछ । भारतले पहिलो खेलमा भुटानलाई ३-० ले हराएको थियो । नेपालले भुटानलाई २-१ ले पराजित गरेको थियो ।

नेपाल र भारतबीचको खेल कोलम्बोस्थित रेस कोर्स मैदानमा नेपाली समय अनुसार साढे ३ बजे सुरु हुनेछ । नेपालले भारतलाई पराजित गरेमा समूह विजेता बन्नेछ । पराजित भएमा समूह उपविजेता बन्नेछ । नेपाल र भारतबीचको पराजित हुने टोलीले सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ । बंगलादेशले यसअघि समूह ‘ए’ मा दुवै खेल जितेर समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

समूह ‘ए’ अन्तर्गत सेमिफाइनल पुग्नका लागि श्रीलंका र माल्दिभ्सबीचको खेल आजै हुँदैछ ।

तपाईको प्रतिक्रिया