बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो ।

प्रहरी स्रोतले मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते एक होटलमा बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

लामिछाने नेपाली राष्ट्रिय टिमको केन्या टूरमा टी-२० सिरिज खेलेपछि अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिजमा रहेका छन् ।

तपाईको प्रतिक्रिया