बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – नेपालले केन्यालाई १७ रनले पराजित गर्दै एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै सिरिज एक खेल अगाडी नै २-० ले जितेको हो ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछाएको केन्याले ४६.३ ओभरमा अलआउट हुदै २१३ रन मात्र बनाएपछि खेल १७ रनले हारेको थियो ।   केन्याका लागि राकेप पटेलले सर्वाधिक ८१ रन बनाएका थिए भने कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधिआम्बोले २८ रन बनाएका थिए । त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसी, आदील अन्सारी र पवन सराफले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७८ रन बनाएका थिए । त्यस्तै देव खनालले ३७ रन बनाए भने सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसित अहमदले १७, आदील अन्सारीले १४, करण केसीले ११ रन बनाएका थिए । त्यस्तै अर्जुन साउदले ५, दिपेन्द्र सिंह ऐरी र पवन सराफले २-२ रन बनाएका थिए ।

त्यस्तै केन्याका बलरनेहेमीआह ओढीआम्बो, भिराज पटेल र शेम एंगोचेले २-२ विकेट लिएका थिए । ३ खेलको सिरिजमा नेपालले एक खेल अघि नै सिरिज २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ । नेपालले केन्या टूर अन्तर्गत टी-२० सिरिज ३-२ ले जितेको थियो ।

तपाईको प्रतिक्रिया