बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ — प्रमुख प्रशिक्षक कुमार थापाले शनिबार वुमेन्स साफ च्याम्पियनसिप २०२२ खेल्ने अन्तिम २३ सदस्यी टिम घोषणा गरेका छन् । प्रतियोगिता दशरथ रंगशालामा भदौ २१ देखि असोज ३३ सम्म आयोजना हुँदैछ ।

नेपालले उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । नेपाल समूह ‘बी’ मा रहेको छ र यसको तेस्रो टिममा श्रीलंका रहेको छ । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । घोषित टिममा नियमित कप्तान रेनुका नगरकोटी र पूरा राना छैनन् । उनीहरू दुवै घाइते छन् ।

घोषित टिम यस प्रकार रहेको छ :

गोलकिपर : अन्जिला तम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

डिफेन्डर : हिराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक

मिडफिल्ड : विमला चौधरी, अञ्जलीकुमारी योञ्जन, प्रिति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमार घिसिङ ।

तपाईको प्रतिक्रिया