Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – एक साइबर सुरक्षा अनुसन्धानकर्मीले २५ डलरको उपकरणबाट एलन मस्कको इन्टरनेट कम्पनी स्टालिंकको प्रणाली ह्याक गरेका छन् । स्टारलिंकको इन्टरनेट टर्मिनलहरूमा भएका केही कमजोरीहरू पत्ता लागेपछि कम्पनीलाई चेतावनी दिन बेल्जियमका अनुसन्धानकर्मी लिनर्ट वाउटर्सले टर्मिनल ह्याक गरेका हुन् ।

अमेरिकाको लस भेगसमा हालै भएकाे एक ब्ल्याक ह्याट सुरक्षा सम्मेलनमा उनी स्पेसएक्सको स्याटलाइट डिश ह्याक गर्न सफल भएका हुन् । उक्त सम्मेलनमा उनले स्टारलिंकको हार्डवेयरमा भएका कमजोरी पत्ता लगाई स्याटलाइट टर्मिनलमा पहुँच बनाएका थिए ।

यसपछि सो टर्मिनलमा उनले आफ्नै कस्टम कोड पनि सिर्जना गर्न सफल भएका थिए । हालसम्म स्पेसएक्सले ३,००९ स्याटलाइट पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गर्न सफल भइसकेको छ ।

विश्वका अति विकट स्थानमा पनि इन्टरनेटको पहुँच पुर्‍याउने उद्देश्यसहित कम्पनीले स्टारलिंकको सुरुवात गरेको हो । ग्राहकले आफ्नो घरमा इन्टरनेट जोड्न वा सडकमा प्रयोग गर्नको लागि कम्पनीले १९ इन्च चौडाइ भएको डिश म्याकफ्ल्याटफेस उपलब्ध गराउने गर्छ । सोही डिशलाई सञ्चालन गर्ने सफ्टवेयरलाई वाउटर्सले मोडचिप प्रयोग गरेर ह्याक गरेका हुन् ।

तपाईको प्रतिक्रिया